Kathmandu Press

बौद्धमा ग्यास पड्किँदा घाइते भएकालाई भोटेकोसी गाउँपालिकाकाे सहयोग

काठमाडौं, भदाै १३ : काठमाडौंको बौद्धमा ग्यास पड्केर घाइते भएकाहरुलाई सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालीकाले आर्थिक सहयोग गरेको छ। केहि दिन अघि सो क्षेत्रमा ग्यास लिक...
बौद्धमा ग्यास पड्किँदा घाइते भएकालाई भोटेकोसी गाउँपालिकाकाे सहयोग

काठमाडौं, भदाै १३ : काठमाडौंको बौद्धमा ग्यास पड्केर घाइते भएकाहरुलाई सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालीकाले आर्थिक सहयोग गरेको छ। 

केहि दिन अघि सो क्षेत्रमा ग्यास लिक भई पड्कदा सिन्धुपाल्चोक स्थायी घर भएका ५ जना, दोलखा घर भएका १ जना र भोजपुर घर भएका १ जना घाइते भएका थिए। अग्निपीडितहरुको उपचारमा समस्या भएपछि कांग्रेस नेता मोहन बहादुर बस्नेतको पहलमा घाइतेहरुलाई गाउँपालिकाको तर्फबाट १–१ लाख रुपैया हस्तान्तरण गरिएको हो।

त्यस्तै घटनामा गम्भीर घाइते दुई जनालाई भोटेकोशी गाँउपालीकाका आमा समूहले थप २५–२५ हजार उपलव्ध गराएका थिए।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता बस्नेतले आगलागीबाट सिन्धुपाल्चोकका पाँच जना र अन्य स्थानका व्यक्ति पनि घाइते भएको र घाइतेहरुको ग्यास पड्केको कोठामा बस्ने व्यक्तिले नै व्होरेको पाएपछि सहयोग गरिएको जानकारी दिए। मानवीय संवेदनशिलतालाई ख्याल गरि गाँउपालीकाहरुसंग छलफल गरि तत्कालका लागि आर्थिक सहयोग गरिएको उहाको भनाइ छ।

बौद्धमा ग्यास पड्केर घाइते भएका मध्ये दुई जनाको शरिर ४० प्रतिशत भन्दा बढि जलेको छ। सवै घाइतेहरुको काठमाडौंको सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, भदौ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्