Kathmandu Press

प्रधानमन्त्रीलाई यसै साता डिस्चार्ज गरिने

काठमाडौं, मंसिर १५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस साता डिस्चार्ज गरिने भएको छ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले....

प्रधानमन्त्रीलाई यसै साता डिस्चार्ज गरिने

काठमाडौं, मंसिर १५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस साता डिस्चार्ज गरिने भएको छ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले अब धेरै दिन अस्पतालमा बस्नु नपर्ने जनाएको छ।

मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न सुरु गरेको बताए। ‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौं। शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ,’ प्रा.डा.श्रेष्ठले भने।

उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन्। ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ,’ श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि  चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ।
घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उनकी निजी चिकित्सक डा.दिव्यासिंह शाहले बताइन्।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, मंसिर १५, २०७६