Kathmandu Press

महिलाको अवस्था सुधार्न सांस्कृतिक परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट

महिलाको अवस्था सुधार्न सांस्कृतिक परिवर्तन गर्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट

सिड्नी, भदाै १३ : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका महिलाको अवस्था सुधारका लागि सांस्कृतिक परिवर्तन गर्ने अठोट गरेका छन्।

उनले कतिपय संस्कृतिका कारण महिलाको अवस्था सुधारमा समस्या देखिएकाले त्यसलाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिए। 

लेबर पार्टीका नेता समेत रहनु भएका अल्बानीजले महिला मध्ये पनि कामदार महिलाका लागि कार्यक्षेत्रमा सुधार गर्ने अठोट व्यक्त गरे।

आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिन पुरा भएको अवसरमा उनले लेबर पार्टी सधैँ मजदुहरुको पक्षमा रहेकाले महिला मजदुरको पक्षमा ठोस र देखिने काम गर्ने दाबी गरे।

विगतका शैली र प्रबृत्तिले नचल्ने भएकाले सरकारले पुनर्संरचनाको खाका बनाएको पनि उहाँले जानकारी दिए। 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, भदौ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्