Kathmandu Press

बाढीमा परी अफगानिस्तानमा १८ जनाको मृत्यु, ४० जना घाइते

बाढीमा परी अफगानिस्तानमा १८ जनाको मृत्यु, ४० जना घाइते

काठमाडाैं, भदाै १३ : अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्।

आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको  छ भने ४० जना घाइते भएका छन्। अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ।

Hardik ivf

त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज्यान  गएको छ  भने  अन्य ११ जना घाइते भएका छन्।

अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण गत एक महिनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको  छ भने  २५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्