Kathmandu Press

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडाैं, भदाै १३ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।
      
प्रतिनिधिसभाको पहिलो बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए। 

पहिलो बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा करिब ४० सांसदले धारणा राख्नुभएको थियो। गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
      
यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु प्रदीप ज्ञवाली, यशोदा गुरुङ सुवेदी, कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, गोकुल बास्कोटा, प्रेम सुवाल, रेखा शर्मा, डा डिला सङ्ग्रौला पन्त, डा विजय सुब्बा, अमृता थापा, घनश्याम खतिवडा, प्रकाश रसाइली ‘स्नेही’, हितबहादुर तामाङ, केदार सिक्देल, नारायणप्रसाद खतिवडा, गणेश पहाडी, डा शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, विन्दा पाण्डे, महेश बस्नेत, टेकबहादुर बस्नेत र खेमप्रसाद लोहोनीले धारणा राख्नुभएको थियो।

त्यसैगरी सांसद खेमप्रसाद लोहनी, भीमबहादुर रावल, खगराज अधिकारी, नवराज सिलवाल, शान्तिमाया तामाङ पाख्रिन, दुर्गाकुमारी विश्वकर्मा, अन्जना विशङ्खे, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, पदम गिरी, शक्तिबहादुर बस्नेत, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, गजेन्द्रबहादुर महत, रेखाकुमारी, सुजिता शाक्य, पार्वता डिसी चौधरी र गङ्गा चौधरी (सत्गौवा) ले विधेयकको महत्व र समेट्नुपर्ने विषयबारे बोल्नुभएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १७ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्