थप २२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदाै १३ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय...
काठमाडौं, भदाै १३ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परिक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परिक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप २ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ७ सय ४४ जना निको भएका छन्।
हाल नेपालमा ३ हजार २ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२५ बजे, सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












