Kathmandu Press

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा संस्कृतिका पुस्तकको बिक्री बढी

काठमाडाैं, भदाै १३ : नेपाल प्रज्ञा प्रतिष्ठानले १५७औँ मोती जयन्तीका अवसरमा आयोजना गरेको दुई हप्ते पुस्तक प्रदर्शनीमा संस्कृतिका विषयमा लेखिएका पुस्तकको बिक्री बढेको...
प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा संस्कृतिका पुस्तकको बिक्री बढी

काठमाडाैं, भदाै १३ : नेपाल प्रज्ञा प्रतिष्ठानले १५७औँ मोती जयन्तीका अवसरमा आयोजना गरेको दुई हप्ते पुस्तक प्रदर्शनीमा संस्कृतिका विषयमा लेखिएका पुस्तकको बिक्री बढेको छ। प्रतिष्ठानले गत साउन ३० देखि यही भदौ १२ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनी आयोना गरेको थियो।

 प्रदर्शनीमा राखिएका पाँच सयभन्दा धेरै थरिका पुस्तकमध्ये संस्कृतिविद् हरिराम जोशीले लेख्नुभएको ‘प्राचीन अभिलेख’ नामक पुस्तक धेरै बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए। यसैगरी पण्डित कुलचन्द्र शर्मा गौतमले टीका लेखेको ‘अमरकोश’, शिवराज श्रेष्ठ मल्लको ‘मानवयात्रा’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीका दर्शन परम्परा’ नामका पुस्तक बढी बिक्री भएको उनले सुनाए। प्रदर्शनीमा रु तीन लाख बराबरका पुस्तक बिक्री भएका छन्।

Hardik ivf

प्रतिष्ठानले वर्षमा चार पटक पुस्तक प्रदर्शनीको आयोजना गर्ने गरेको छ। नयाँ वर्षका अवसरमा वैशाख, प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार, मोतीजयन्तीका अवसरमा भदौ र पृथ्वीजयन्तीका अवसरमा पुसमा पुस्तक प्रदर्शनी गर्दै आएको छ।

 प्रतिष्ठानले हरेक व्यक्तिका हातमा पुस्तक पु¥याउने उद्देश्यसहित पुस्तक पढ्ने बानीको विकास गराउने लक्ष्य राखेको छ। प्रदर्शनीमा भाषा, साहित्य, प्रतिष्ठानले प्रकाशन गरेका पत्रिकालगायत राखिएको थियो। पुस्तकमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको थियो।

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्