Kathmandu Press

सप्तरीको छिन्नमस्तामा राजपाकी प्रमिला विजयी

सप्तरी, मंसिर १५ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षमा राजपा नेपालकी प्रमिलादेवी यादव विजयी भएकी छन्।

उनी पाँच सय ४० मत ल्....

सप्तरीको छिन्नमस्तामा राजपाकी प्रमिला विजयी

सप्तरी, मंसिर १५ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षमा राजपा नेपालकी प्रमिलादेवी यादव विजयी भएकी छन्।

उनी पाँच सय ४० मत ल्याएर विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अच्छेलाल यादवले पाँच सय २९ मत पाएका छन्।

त्यस्तै, कांग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश यादवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डलले दुई, स्वतन्त्र उम्मेवारहरू नुरहसन मन्सुरीले दुई र धीरेन्द्रकुमार यादवले एक मत पाएका छन्।

वडाध्यक्षको उपनिर्वाचनमा एक हजार चार सय तीन मत खसेका थिए।

प्रकाशित मिति: १२:१० बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्