Kathmandu Press

भारतीय कांग्रेस अध्यक्षको निर्वाचन अक्टोबर १७ मा हुने

नयाँ दिल्ली, भदाै १३ : भारतीय कांग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष...
भारतीय कांग्रेस अध्यक्षको निर्वाचन अक्टोबर १७ मा हुने

नयाँ दिल्ली, भदाै १३ : भारतीय कांग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो।

मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन्।

बैठकमा भारतका पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाईन मार्फत बैठकमा सहभागीता जनाएका थिए।

Hardik ivf

पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट काँग्रेसको बैठक बसेको हो। पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ। 

आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको ठानिएको छ।

यसअघि पनि आम निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका थिए। 

उनको राजीनामा लामो समयसम्म अस्विकृत गरिएको थियो भने पार्टीका नेताहरुलाई उहाँलाई राजीनामा नदिन दवाब दिँदै आएका थिए। सबै दबाब र अनुरोधहरुलाई अस्वीकार गर्दै उनले पदमा नफर्किने अडान लिएपछि उनकै आमा तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो। 

तर अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्षका निर्वाचित गराउनु पर्नेमा पार्टीका धेरै नेताहरुले खुलेरै जोड दिने गरेका छन्। उनले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउँदै आएका छन्। 

यद्यपी भारतीय कांग्रेस पार्टीले यसअघि नै उनकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ। आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ। सो यात्रा काश्मिरमा पुगेर अन्त्य गरिने भएको छ।   

पैदल मार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार पाँच सय किलोमिटर पार गरिने भएको छ। दैनिक औसतमा २५ मिलोमिटर यात्रामा हुने अनुमान गरिएको छ।

सहभागीहरुले १२ राज्य भ्रमण गर्ने छन्। यात्राका क्रममा छोटा छोटा र्याली, सार्वजनिक कार्यक्रम, भेला, आमसभा, अन्तरक्रिया, बैठकलगायतका गतिविधिहरु गरिने भएको छ। 

प्रकाशित मिति: १२:१० बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्