Kathmandu Press

माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु

कास्की, मंसिर १५ : पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गर....

माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु

कास्की, मंसिर १५ : पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ।

आइतबार बिहान साढे ८ बजे सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शव बाहिर निकालिएको पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बताए।

अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का गरिएको उनको भनाइ छ। माटो पन्छाउने काम भइरहेको उनले बताए।

अहिले प्रहरी टोली घटनास्थल पुगेको छ। मृतक तीनै जनाको खनाखत हुन सकेको छैन।

प्रकाशित मिति: १०:३२ बजे, आइतबार, मंसिर १५, २०७६