Kathmandu Press

माओवादीद्वारा भदौ २० भित्र उम्मेदवार सिफारिश गर्न निर्देशन

माओवादीद्वारा भदौ २० भित्र उम्मेदवार सिफारिश गर्न निर्देशन
Hardik ivf

काठमाडौं, भदौ १३ : नेकपा (माओवादी केन्द्र) ले भदौ २० गतेभित्र उम्मेदवार सिफारिश गर्न मातहतका समितिलाई निर्देशन दिएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। त्यसका लागि भदौ २० गतेभित्रै उम्मेदवार सिफारिश गर्न प्रदेश समितिलाई निर्देशन दिएको माओवादीले जनाएको छ।

यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवार सिफारिश गर्न निर्देशन दिइसकेका छन्। सबै पार्टीले भदौ २० गतेभित्र उम्मेदवारको सिफारिश गरिसक्नुपर्ने समय तोकेका छन्।

प्रकाशित मिति: ०९:०३ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्