वडाध्यक्षमा काे कहाँ विजयी? (अपडेट)
काठमाडौं, मंसिर १५ : उपनिर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ। अहिलेसम्म स्थानीय तहको वडाध्यक्षको मात्र परिणाम सार्वजनिक भएको छ।
आइतबार बि....
काठमाडौं, मंसिर १५ : उपनिर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ। अहिलेसम्म स्थानीय तहको वडाध्यक्षको मात्र परिणाम सार्वजनिक भएको छ।
आइतबार बिहानसम्म ३९ स्थानमा भएको वडाध्यक्षको मतगणना सकिएको छ। जसमा नेकपाका २२ र नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन्।
त्यस्तै, लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका हुन्।
पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली कांग्रेससका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएका छन्।
राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भएका छन्।
सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएका छन्।
------------------ ---------------- ------------------ -----------------
काठमाडौं, मंसिर १५ : उपनिर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ। अहिलेसम्म स्थानीय तहको वडाध्यक्षको मात्र परिणाम सार्वजनिक भएको छ।
आइतबार बिहान १० बजेसम्म ३९ स्थानमा भएको वडाध्यक्षको मतगणना सकिएको छ। जसमा नेकपाका २२ र नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार, राप्रपा (नेपाल) र समाजवादी पार्टीका उम्मेदवारले तीन/तीन स्थानमा जितेका छन्। अन्य स्थानमा मतगणना जारी रहेको आयोगले जनाएको छ।
त्यस्तै, कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ ‘क’, धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना जारी रहेको छ।
प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ ‘ख’ र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ ‘ख’ को मतगणना आज सुरू हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।






