Kathmandu Press

मोटरसाइकल दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु

बुटवल, भदौ १३ : रुपन्देहीको तिलोत्तमामा भएको मोटरसाइकल दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ।दुर्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात...
मोटरसाइकल दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु

बुटवल, भदौ १३ : रुपन्देहीको तिलोत्तमामा भएको मोटरसाइकल दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ।

दुर्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए।

Hardik ivf

आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चार जना घाइते भएका छन्। उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्