Kathmandu Press

हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व

हुम्ला, भदाै १२ : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ। व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएका छन्।...
हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व

हुम्ला, भदाै १२ : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ। व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएका छन्। स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताए।

वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुलदेवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिकोे चोख्या चउरमा यो पर्व मनाइयो। स्याँडा गाउँका स्थानीयले परापूर्वदेखि नै चोख्या पर्व मनाउँदै आएको स्थानीय बताउँछन्। स्याँडामा हिल्सो देवताको मन्दिरमा पूजाआजा गरी वर्षभरिका लागि भाकलको छिनोफानो गर्ने, धार्मिक झाँक्री नचाउने, देउडा खेल खेल्न चलन छ।

चोखेमेला हेर्नका लागि स्याँडा र आसपासका स्थानीय बासिन्दा स्याँडामा जम्मा हुने गर्छन्। घरबाट पकाएर लिएको मिष्ठान भोजन आफन्तसँग बसेर खाने दिनभर रमाइलो गरी बेलुका घर फर्किने गरेको स्थानीय नुर्बु बुढाको भनाइ छ। चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने पाहुनालाई बोलाइबोलाइ पाहुनाको स्वागत गर्नु मुख्य विशेषता हो। चोख्यालाई परम्परागत रुपमा मनाउँदै आएका हुम्लाको सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ। देउडा पारखीले रातदिनभर देउडा खेल खेल्ने चलन पनि रहेको छ।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, भदौ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्