Kathmandu Press

अफगानिस्तानमा एक वर्षको अन्तरालपछि चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित

अफगानिस्तानमा एक वर्षको अन्तरालपछि चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित

काबुल, भदाै १२ : अफगानिस्तानको राजधानी काबुलमा गत अगस्टमा तालिबानले सत्ता सम्हालेपछि बन्द रहेका सिनेमा हलमा चलचित्र प्रदर्शन सुरू भएका छन्।

एक वर्षको अन्तरालपछि देशका सिनेमा हलहरू चलचित्र प्रदर्शनका लागि तयार भए पनि महिला कलाकारको भूमिका भने निकै सीमित रहेको सञ्चारमाध्यमले जनाएका छन्।

एक वर्षपछि बन्द रहेका अफगानी सिनेमा हलहरु पुनः सञ्चालनमा आएकोमा धेरैले खुशी व्यक्त गरिरहेका छन् भने कतिपयले यस प्रक्रियामा महिला अधिकारको हनन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्।

Hardik ivf

खामा प्रेसका अनुसार ३७ वटा फिल्म र डकुमेन्ट्री प्रदर्शनका लागि लाइनमा छन्। तर महिला कलाकारको सहभागितालाई निकै कम गरिएको छ। हालै निर्माण भएको एउटा चलचित्रमा एक मात्र महिला अभिनेत्री अतिफा मोहम्मदीले भूमिका निभाएकी छन।

चलचित्रका कलाकारहरू सिनेमा हलहरू खुल्ने भएपछि खुशी छन् र उनीहरूले फिल्महरू बनाउनको लागि पैसा उपलब्ध गराउनु परेको बताएका छन्।

'एक वर्षपछि सिनेमाको ढोका खोलिएको छ। हामी खुसी छौं,’ कलाकार अब्दुल सबोर खिन्जीले भने।

'हामीले आफ्नै सम्पत्तिबाट फिल्ममा खर्च गरेका छौं। हामी आफ्नो काम गर्न पाउँदा खुसी थियौं,' अर्का कलाकार फयाज इफ्तिखारले भने।

काबुलनिवासी जाहरा मुर्तजावीले एउटा महत्वपूर्ण सन्देश दिँदै भने, 'यस क्षेत्रमा महिलालाई निषेध गर्नु हुँदैन किनभने यो महिलाको अधिकार हो। महिलाहरूको उपस्थिति बिना चलचित्र राम्रो हुन्छ भन्ने मलाई लाग्दैन। चलचित्रमा नायक तथा नायिकालाई भूमिका दिन विश्वभर नै चलन छ।'

तालिबानले गत महिना जब महिला र किशोरीहरूलाई आवश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन र अनुहार सहित आफ्नो सम्पूर्ण शरीर ढाकेर मात्र बाहिर निस्कनु पर्छ भनेर घोषणा गर्दा धेरैलाई आश्चर्यमा पारेको थिएन। किनकि तालिवान समूहले महिलाहरूलाई स्वतन्त्र हुन दिनेछन् भन्ने धेरैले कल्पना गरेकै सथएनन् र सोही भएको छ।

सन् १९९६ देखि २००१ सम्म तालिवान शासनको अन्तिम कालखण्डमा जस्तै वर्तमान् सरकारले पनि महिला मामिला मन्त्रालय खारेज गरको छ।

तिबन्धित तालिवानले बालिकाहरूको लागि माध्यमिक शिक्षामा ह्युमन राइट्स वाच (एचआरडब्लु) को महिला अधिकार महाशाखाकी हिथर बारले तालिबानले महिला र बालिकाको अधिकार उल्लङ्घन गरेको सूची लामो र बढ्दो क्रममा रहेको बताएका छन।

उनले अफगानमहिला अधिकारकर्मीहरूले तालिबानले महिला अधिकारको सम्मान गर्ने वाचा झूटो भएको चेतावनी दिएको बताए।

सन् २०२१ को अगष्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेपछिका दिनहरूमा यस समूहले महिलाहरूमाथिको कारबाहीलाई तीव्र पार्ने चेतावनी अफगानी अधिकारकर्मीहरूले दिएका थिए।

प्रकाशित मिति: २०:३० बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्