Kathmandu Press

‘नेपाली कांग्रेस (विपी) राष्ट्रिय पार्टी बन्छ’

माेरङ, भदाै १२ : नेपाली कांग्रेस (विपी)का केन्द्रीय सभापति सुशीलमान शेरचनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने बताएका छन। उनले आज पत्रकारसँग...
‘नेपाली कांग्रेस (विपी) राष्ट्रिय पार्टी बन्छ’

माेरङ, भदाै १२ : नेपाली कांग्रेस (विपी)का केन्द्रीय सभापति सुशीलमान शेरचनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने बताएका छन। उनले आज पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै नेकां(विपी)ले सङ्घीय संसद्को एक सय ६५ निर्वाचनमा उम्मेदवार उठाउने र अत्यधिक स्थानमा विजयी हुने दाबीसमेत गरे।

सभापति शेरचनले पार्टीले मुलुकमा सुशासन कायम गर्न, गरिबी निवारण, राष्ट्र र राष्ट्रियता जोगाउने उद्देश्यमा लाग्ने विश्वास दिलाए। पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पार्टीले अहिले ७७ जिल्लामा सङ्घीय संसद् र प्रदेशसभाको उम्मेदवार तय गर्न, विभिन्न पार्टीका कार्यकर्तालाई प्रवेश र कार्यकर्ता भेलाको आयोजना गरिरहेको जानकारी दिए। उनले विपीले अङ्गिकर गरेको बाटोमा पार्टी सञ्चालन भइरहेको दाबी गर्दै लोकतन्त्रमा जनताको समृद्धि मुख्य कार्यसूची भएको धारणा राखे।

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, भदौ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्