नेप्से परिसूचकमा उच्च अङ्कको ओरालो
काठमाडाैं, भदाै १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक एक हजार नौ सय विन्दुमा ओर्लेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
काठमाडाैं, भदाै १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक एक हजार नौ सय विन्दुमा ओर्लेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ८९ दशमलव २६ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ७० मा पुगेको छ। कूल २२४ कम्पनीको ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता शेयर रु दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भए। सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको शेयर मूल्यमा गिरावट आयो। नेप्सेका अनुसार सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ अङ्कले उकालो लाग्दा अन्य सबै उपसमूहको शेयर मूल्यमा गिरावट देखियो।
आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५१ अर्ब ३८ करोड ९४ लाख १८ हजार नौ सय ७८ बराबर रहेको छ। कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ। सो कम्पनीको रु १० करोड ३३ लाख ६१ हजार नौ सय ७४ बराबरको कारोबार रह्यो। नेप्सेका अनुसार राधी विद्युत् कम्पनी पाँच दशमलव ९०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ८८, एनआइबिएल प्रगति फण्ड तीन दशमलव २३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रो दुई दशमलव ८६ र नविल बैंकको ऋणपत्रका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन्।
रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ। अप्पर हेवाखोला हाइड्रोपावर सात दशमलव शून्य, मन्दाकिनी हाइड्रोपावर छ दशमलव ७७, नारायणी डेभलपमेन्ट बैंक छ दशमलव ७१ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव २९ प्रतिशतले गुमाएका छन्।

-1786083934.jpg)









