Kathmandu Press

पाँचथरमा उपनिर्वाचन : काँग्रेस र नेकपा १/१ वडामा बिजयी

काठमाडौं, मंसिर १५ : पाँचथरमा भएको तीन निर्वाचन मध्ये दुई वडाको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार सत्तारुढ नेकपा र नेपाली काँग्रेसले एक/एक वडामा ज....

पाँचथरमा उपनिर्वाचन : काँग्रेस र नेकपा १/१ वडामा बिजयी

काठमाडौं, मंसिर १५ : पाँचथरमा भएको तीन निर्वाचन मध्ये दुई वडाको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार सत्तारुढ नेकपा र नेपाली काँग्रेसले एक/एक वडामा जित हात पारेका छन् ।

फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेद्धवार गजाधार भट्टराई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्दी नेपाली कांग्रेसका उम्मेद्धवार शुभराज थापालाई ४ सय ७४ मत अन्तरले हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गर्दा थापाले भने ९ सय ७२ मत प्राप्त गरे । यसअघि ०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हर्क बहादुर मोक्तानले ६ मतले नेकपाका भट्टराईलाई पराजित गरी वडा अध्यक्ष बनेका थिए । वडा अध्यक्ष मोक्तानको निधन भएपश्चात यस वडामा उपनिर्वाचन भएको हो । 

यस्तै नेकपाको गढ मानिएको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्धवार तिलविक्रम इधिंगो निर्वाचित भएका छन्। नेकपाको तर्फबाट उम्मेद्धवार गेहनाथ रिजाललाई ३० मतले पराजित गर्दे इधिंगो निर्वाचित भएका हुन् । इधिंगोले ८ सय ४२ मत प्राप्त गर्दा रिजालले ८ सय १२ मत प्राप्त गरे। यसअघिको ०७४ को स्थानिय तहको निर्वाचनमा ७ वटा वडा नै नेकपाले जितेको थियो । नेकपाको तर्फबाट उम्मेद्धवार बनी विजयी बनेका वडा अध्यक्ष तिर्थ तिम्सिनाको निधन भएपश्चात उक्त वडा अध्यक्ष पद रिक्त थियो । 

यस्तै फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा भएको निर्वाचनको मतगणना आज बिहान ७ बजे बाट शुरु भएको बुझिएको छ । 

प्रकाशित मिति: ०८:५२ बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्