Kathmandu Press

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, भदौं १२ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नारपु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
Hardik ivf

काठमाडौं, भदौं १२ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नारपु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामालाई शुक्रबार प्रहरीले पक्राउ  गरेको छ ।

सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्