Kathmandu Press

काठमाडौंको बसुन्धरामा पुरूषको शव फेला

काठमाडौंको बसुन्धरामा पुरूषको शव फेला

काठमाडौं, भदाै १२ : काठमाडौंको बसुन्धरास्थित एक प्रतीक्षालयमा एक पुरूषको शव फेला परेको छ।

आइतबार अपरान्ह ४ बजे प्रतीक्षालयमुनि त्रिपालले छोपिएको अवस्थामा शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ। शवको सनाखत हुन बाँकी छ।

Hardik ivf

पुरूष मृत अवस्थामा फेला परेको भन्ने खबर पाएपछि प्रहरी वृत्त महाराजगन्ज र कार्यालयको टोली घटनास्थलमा पुगेको छ। ती पुरूषको केही दिनअगाडि नै मृत्यु भएकाे अनुमान प्रहरीकाे छ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट घाउचोट नदेखिएकाले घटना शंकास्पद नरहेको र लागुऔषध खाएर सुतेको अवस्थामै मृत्यु भएकाे  हुन सक्ने जनाइएकाे छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्