Kathmandu Press

आणविक ऊर्जा  केन्द्र नजिकका सहरमा गोलाबारी

किएभ, भदाै १२ : युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको स्थल नजिकका ;हरमा रूसले व्यापक गोलाबारी गरेको छ।निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले...
आणविक ऊर्जा  केन्द्र नजिकका सहरमा गोलाबारी

किएभ, भदाै १२ : युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको स्थल नजिकका ;हरमा रूसले व्यापक गोलाबारी गरेको छ।

निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आणविक ऊर्जा केन्द्र आसपासमा भएको आक्रमणबाट केन्द्रमा क्षति हुन सक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ।

Hardik ivf

रूसी सेनाले युद्ध सुरु हुनेवित्तिकै जापोरिज्जिया आणविक ऊर्जा केन्द्रलाई नियन्त्रण लिएर नदी किनाराको क्षेत्र कब्जामा लिएको थियो। युक्रेनले निकोपोल र मार्हानेट्स शहरसहितका क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ। ती स्थान ऊर्जा केन्द्रबाट करिब १० किलोमिटर टाढा छन्। 

शनिबार राती भएको भारी गोलीबारीले निकोपोलका केही भाग बिजुलीविहीन भएका निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन्।  करिब ४५ हजार सर्वसाधारणको बसोबास रहेको उक्त क्षेत्रका प्रशासन प्रमुख येभेन येभतुसेन्कोका अनुसार रकेट आक्रमणले मार्हानेतका एक दर्जन घरमा क्षति पुगेको छ।

आणविक ऊर्जा केन्द्र करिब ४० किलोमिटर परको माथिल्लो भागमा रहेको जापोरिज्जिया शहरमा पनि राति भएको आक्रमणमा परी दुई जना घाइते भएको नगर परिषद्का सदस्य अनातोली कुर्तेभले बताए।

पूर्वी युक्रेनमा जहाँ रूसी र पृथकतावादी सेनाले नियन्त्रण लिन खोजिरहेका छन्।  गोलाबारीले ठूला र रणनीतिक रूपमा महत्वपूर्ण शहर क्रामतोर्स्क र स्लोभियान्स्कमा आक्रमण गरेको छ तर कुनै हताहति नभएको डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन्। 

डोनेट्स्क क्षेत्रको अधिकांश भाग रूसी र पृथकतावादी सेनाको कब्जामा छ। डोनेट्स्कलाई रूसले सार्वभौम राज्यको रूपमा मान्यता दिएको छ।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्