Kathmandu Press

धरान उपमहानगरपालिका काँग्रेसभन्दा नेकपा १७ मतले अगाडी 

काठमाडौं, मंसिर १५ : शनिबार सम्पन्न भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ ।

एक प्रतिनिधिसभा, तीन प्रदेससभासहित ५२ स्थानीय त....

धरान उपमहानगरपालिका काँग्रेसभन्दा नेकपा १७ मतले अगाडी 

काठमाडौं, मंसिर १५ : शनिबार सम्पन्न भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ ।

एक प्रतिनिधिसभा, तीन प्रदेससभासहित ५२ स्थानीय तहमा भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको हो । यसैबीच, प्रारम्भिक मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा नेकपा उम्मेद्वारले क्रिनो मतले अग्रता लिएका छन् ।

सत्तारुढ नेकपाका उम्मेद्वार प्रकाश राईले २३०९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वार तिकल राई २२९२ मत प्राप्त गरेका छन्। नेकपाको गढ मानिने धरानमा नेपाली कांग्रेसभन्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ मतले अगाडि देखिएको छ।

प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, मंसिर १५, २०७६