Kathmandu Press

३२४ अफगान शरणार्थी क्यानडामा

काबुल, भदाै १२ : ३ सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ। तालिवान सरकार सत्तामा आएपछि...
३२४ अफगान शरणार्थी क्यानडामा

काबुल, भदाै १२ : ३ सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ। 

तालिवान सरकार सत्तामा आएपछि करिब ४० हजार अफगान नागरिकलाई क्यानडा सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेअनुरूप उनीहरू विनिपेग पुगेका हुन्। विमानमा क्यानडाली सेना र सहयोगी संस्थासँग काम गरेका दोभाषेलगायत रहेका खामा प्रेसले जनाएको छ। 

Hardik ivf

खामा प्रेसकाअनुसार हालसम्म १७ हजार छ सय ५५ जना अफगान नागरिकलाई क्यानडामा बसोबासको प्रबन्ध भइसकेको छ। मानवीय सहायता कार्यक्रमअन्तर्गत उनीहरूलाई स्थायी बसोबासको व्यवस्था गरिएको हो।अफगानीहरूलाई क्यानडा स्थानान्तरणको प्रयास जारी रहेको छ। 

गत वर्ष तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ अकल्पनीय मानवीय संकट उत्पन्न भयो जसका कारण अन्तर्राष्ट्रिय समुदाय एवम् विकसित देशले सहयोगी हात फैलाए। लाखौं महिला र बालिका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको छ भने पोशाकलगायत धेरै अमानवीय प्रतिबन्ध झेल्न विवश पारिएका छन्। 

सार्वजनिकस्थलमा अनुहार छोप्नैपर्ने, एक्लै यात्रा गर्ननपाइनेजस्ता धेरै अव्यावहारिक एवम् अमानवीय उर्दी तालिबानले महिलाहरूमाथि जारी गरेको छ। महिलाले स्मार्टफोनसमेत प्रयोग गर्ननपाउने निरङ्कुश आदेश उसले जारी गरेको छ। 

तालिबानका कारण सञ्चारमाध्यममा कार्यरत ८० प्रतिशत महिलाले रोजगारी गुमाएका तथा देशका करिब एक करोड ८० लाख महिला स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारका निम्ति सङ्घर्ष  गरिरहेका छन्।

सत्ताकब्जा गरेपछि तालिबानले पत्रकार सम्मेलन गरेर समावेशी समाज र समानता प्रवद्र्धनको प्रतिबद्धता जनाए तापनि त्यो पालना भएको छैन।  

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्