Kathmandu Press

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहानी सेवा

पर्सा, भदाै १२ : पर्सा जिल्ला प्रशासन कार्यालयले दैनिक  बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह गर्न थालेको छ।यसअघि कार्यालय समयमै...
जिल्ला प्रशासन कार्यालय पर्सामा बिहानी सेवा

पर्सा, भदाै १२ : पर्सा जिल्ला प्रशासन कार्यालयले दैनिक  बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह गर्न थालेको छ।

यसअघि कार्यालय समयमै सबै सेवा प्रवाह हुँदा सेवाग्राहीको भिडभाड बढेर  अव्यवस्थित भएको भन्दै उक्त कामका लागि बिहानी सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

प्रतिलिपि नागरिकताका सेवाग्राहीको सङ्ख्या बढेर समयमै प्रतिलिपि प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि बिहानीको समय मिलाइएको उनको भनाइ थियो।

अब सार्वजनिक बिदाको दिनबाहेक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह हुनेछ।  

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गत भदौ ९ गतेसम्म कार्यालयमा अनुसूची फाराम पेश गरेका तर प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेका सेवाग्राहीका लागि उक्त सेवा मिलाइएको हो।

यो सेवा यही भदौ १६ गतेसम्म जारी रहने भए पनि सेवाग्राही बढ्दै गए विस्तार गर्न सकिने  जानकारी गराइएको छ। 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, भदौ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्