Kathmandu Press

गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल ठाेक्किँदा एकजनाको मृत्यु

काठमाडौं, भदाै १२ : काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर...
गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल ठाेक्किँदा एकजनाको मृत्यु

काठमाडौं, भदाै १२ : काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको शुक्रबार राति मृत्यु भएको हो।

Hardik ivf

दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल चालकको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक जनाको भने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्