Kathmandu Press

रोल्पाको माडीमा जिप दुर्घटना हुँदा खाेलामा हराएका चालक अझै भेटिएनन्

रोल्पा, भदौ १२ : रोल्पाको माडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै भेटिएका छैनन्।बेपत्ता भएक चालक नुवाकोटको ककनी...
रोल्पाको माडीमा जिप दुर्घटना हुँदा खाेलामा हराएका चालक अझै भेटिएनन्

रोल्पा, भदौ १२ : रोल्पाको माडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै भेटिएका छैनन्।

बेपत्ता भएक चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय बुद्धिबहादुर लामा रहेको प्रहरीले जनाएका छन्।

Hardik ivf

माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा७च ५००२ नम्बरको जिप माडी गाउँपालिका–४ स्थित सडकबाट करिब १ सय मिटर तल माडी खोलामा खसेको थियो।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता चालकको खोजी गरिरहेको छ। नेपाली सेनाको टोली शनिबार नै सदरमुकाम लिबाङ फर्किए पनि प्रहरीले खोजीकार्य जारी राखेको छ। आइतबार दिउँसोसम्म चलक नभेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा घाइते भएका सहचालक बैतडीको पाटन नगरपालिका–४ का २२ वर्षीय मनोज चन्दको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार राति दुर्घटना भए पनि प्रहरीले शनिबार बिहान मात्र जानकारी पाएको थियो।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्