भक्तपुर क्षेत्र नं १ ‘क’ मा २३ सय मतले कांग्रेस अगाडि
काठमाडौं, मंसिर १५ : भक्तपुर क्षेत्र नं १ (क) मा रिक्त रहेको प्रदेश सभा सदस्य पदका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।
उपचुनावको प....
काठमाडौं, मंसिर १५ : भक्तपुर क्षेत्र नं १ (क) मा रिक्त रहेको प्रदेश सभा सदस्य पदका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।
उपचुनावको पछिल्लो परिणाम अनुसार नेकपा २३ सय मतले पछि परेको छ । यसअघि सत्तारुढ नेकपाले जितेको यस क्षेत्रमा काँग्रेसका उम्मेद्वारले नेकपालाई २३ सय मतले पछि पारेको हो ।
चाँगुनारायण नगरपालिकाको १ देखि ६ वडा सम्मको मतगणनामा भडेलले ९ हजार ९५ मत प्राप्त गरेका छन् भने निकतम प्रतिद्धन्द्धी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी) ले ६ हजार ७ सय ८३ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा कूल ४५ हजार १५ जना मतदाता रहेकोमा ३२ हजार ३७ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति: ०७:५० बजे, आइतबार, मंसिर १५, २०७६
थप समाचार






