दाङको घोराही– १६ मा कांग्रेस विजयी
काठमाडौं, मंसिर १५ : दाङको घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल क....

काठमाडौं, मंसिर १५ : दाङको घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार डाँगीले १२१८ र केसीले १११७ मत ल्याए। गएको चुनावमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएका थिए ।
बुढाको निधन भएपछि उपचुनाव भएको हो ।
प्रकाशित मिति: ०७:२२ बजे, आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











