Kathmandu Press

कास्की–२ मा नेकपा उम्मेदवार विद्याको प्रारम्भिक अग्रता

काठमाडौं, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा सत्तारुढ नेकपाले प्रा....

कास्की–२ मा नेकपा उम्मेदवार विद्याको प्रारम्भिक अग्रता

काठमाडौं, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा सत्तारुढ नेकपाले प्रारम्भिक अग्रता लिएको छ ।

नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३२७६ मत प्राप्त गर्दै ११ सय ६१ मतको अग्रता लिएकी छिन् । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत २११५ मत पाएका छन् । भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो ।

भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र समेत हो । त्यस्तै गरी समाजवादी पार्टीका धर्मराज गुरुङको ९५, राप्रपा ४७, साझा पार्टी ३१, राप्रपा संयुक्त ६ मत पाएका छन् । कास्की २ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

कास्की २ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट भट्टराई र नेपाली कांग्रेसबाट पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, मंसिर १५, २०७६