Kathmandu Press

म्याग्दी नदीमा बगेर एक युवक बेपत्ता

म्याग्दी, भदौ १२ : म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो...
म्याग्दी नदीमा बगेर एक युवक बेपत्ता

म्याग्दी, भदौ १२ : म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। 

उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।   नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका थिए। 

म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, भदौ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्