Kathmandu Press

टोखा नगरभित्रका तार व्यवस्थित गरिने

काठमाडाैं, भदाै ११ : टोखा नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत तार व्यवस्थित गर्ने भएको छ। नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायक कम्पनीसँग बसेको बैठकमा पुराना...
टोखा नगरभित्रका तार व्यवस्थित गरिने
Hardik ivf

काठमाडाैं, भदाै ११ : टोखा नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत तार व्यवस्थित गर्ने भएको छ। नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायक कम्पनीसँग बसेको बैठकमा पुराना तार हटाउने र व्यवस्थित गरेर राख्ने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले नगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थित गर्नका लागि नगरपालिकाले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय गरेको जानकारी दिए।

टोखा नगरपालिकाभित्र रहेका सेवा प्रदायक कम्पनी अब अनिवार्यरुपमा नगरपालिकामा दर्ता हुनुपर्ने भएको छ। सुरुको चरणमा सामाखुसी चोकदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसम्मको मुख्य सडकमा रहेको तार व्यवस्थित गरिने प्रमुख प्रशासकीय अधिकृत पाठकले बताए।

नगरपालिकाभित्र दर्ता नहुने वा अव्यवस्थितरुपमा तार छोड्ने कम्पनीलाई भने नगरपालिकाले कारबाही गर्ने जनाएको छ। नगरपालिका भित्रको तारलाई व्यवस्थित गर्न टोखाले सबै वडाको वडाध्यक्ष संयोजक र सम्बन्धित सेवा प्रदायक कम्पनीका प्रतिनिधि सदस्य रहनेगरी समितिसमेत गठन गरेको छ। उक्त समितिले आफ्नो वडाभित्र रहेका अव्यवस्थित तारको अध्ययन गरी त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्।

प्रकाशित मिति: २०:५० बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्