Kathmandu Press

मनाङका मतदाताको अद्यावधिक गरिँदै

मनाङ, भदाै ११ : आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी हिमाली जिल्ला मनाङमा थपिएका मतदाता नामावलीको अद्यावधिक भइरहेको छ।प्रतिनिधिसभा...
मनाङका मतदाताको अद्यावधिक गरिँदै

मनाङ, भदाै ११ : आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी हिमाली जिल्ला मनाङमा थपिएका मतदाता नामावलीको अद्यावधिक भइरहेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गत असार १ देखि साउन १९ गतेसम्म सङ्कलित मतदाता नामावलीको अद्यावधिकको काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचनपछि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सङ्कलित नयाँ मतदाताको नामावली अद्यावधिक गरी वास्तविक नामावलीको तयारीका लागि नयाँ मतदाता नामावली सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार सङ्कलित नयाँ मतदाताको नामावली दाबी विरोधका लागि सार्वजनिक गरिएको हो। यही भदौ १३ देखि १५ गतेसम्म अद्यावधिकका लागि अन्तक्र्रियासहित उजुरी, दाबी विरोधका निम्ति सार्वजनिक गरी वडा, पालिका, प्रदेश तथा क्षेत्र तहसम्म पुर्‍याउन अनुरोधसमेत गरिएको सुवेदीले बताए।

मतदाता नामावली दर्ताका लागि जिल्लाका विभिन्न पालिकाबाट सदरमुकामसम्म जिल्लावासी आएको उनले बताए। 'प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लावासी उत्साहित भएको देखियो, यसले निर्वाचन जनताले नै चाहनुभएको बुझिन्छ,' उनले भने।

मनाङमा महिला तीन हजार पाँच सय २४ र पुरुष तीन हजार तीन सय २० गरी छ हजार आठ सय ४४ मतदाता पुगेको सुवेदीले बताए। मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन्।

प्रकाशित मिति: २०:४४ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्