Kathmandu Press

उपनिर्वाचन : डोटी, लमजुङ, सिन्धुपाल्चोक र प्युठानका एक/एक वडामा नेकपाको जित 

काठमाडौं, मंसिर १५ : डोटीको आदर्श गाउँपालिका वडा नं २ मा नेकपाका उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले कूल ६८६ मत प्राप्त गर्नुभएको छ । उनका....

उपनिर्वाचन : डोटी, लमजुङ, सिन्धुपाल्चोक र प्युठानका एक/एक वडामा नेकपाको जित 
सुन्दरबजार नगरपालिका– २ मा बिजयी नेकपाका नवीनकुमार श्रेष्ठ ।

काठमाडौं, मंसिर १५ : डोटीको आदर्श गाउँपालिका वडा नं २ मा नेकपाका उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले कूल ६८६ मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरे । 

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका– २ मा वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचमा नेकपाकै नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरे । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो । 

सिन्धुपाल्चोकको इन्द्रावती ८ मा पनि नेकपा विजयी भएको छ। शनिबार भएको निर्वाचनमा नेकपाका केदारनाथ आचार्य ७१२ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका अशोक तामाङले ४३९ मत ल्याए। राप्रपा संयुक्तले १२, राप्रपा नेपालले ३ मत पायो। कुल खसेको ११७५ मध्ये ९ मत बदर भएको थियो। 

प्युठान नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याए । 

प्रकाशित मिति: ०७:०२ बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्