Kathmandu Press

‘रोजगारी सिर्जना गरी देशलाई आर्थिकरुपमा बलियो बनाउनुपर्छ’

काठमाडाैं, भदाै ११ : विभिन्न राजनीतिक दलका नेताहरुले भ्रष्टाचार अन्त्य गरेर मुलुकभित्रै रोजगारीको सिर्जना गरी देशलाई आर्थिकरुपमा बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन।आज आयोजित...
‘रोजगारी सिर्जना गरी देशलाई आर्थिकरुपमा बलियो बनाउनुपर्छ’
Hardik ivf

काठमाडाैं, भदाै ११ : विभिन्न राजनीतिक दलका नेताहरुले भ्रष्टाचार अन्त्य गरेर मुलुकभित्रै रोजगारीको सिर्जना गरी देशलाई आर्थिकरुपमा बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन।

आज आयोजित साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले भ्रष्टाचारको अन्त्यसँगै नेपाली राजनीतिमा शुद्धीकरण गरी मुलुकको व्यापार घाटा कम गर्दै आर्थिक समृद्धिको अभियान थाल्नुपर्नेमा जोड दिए। उनले भने,'कृषि, उद्योगलाई कसरी लैजाने भनेर हामीले सोचेका छैनौँ, अरुसँग कसरी ऋण लिने भनेर आश्रित हुनुपरेको छ, राजनीतिमा ३०औँ वर्षसम्म एउटै अनुहार हेर्नुपरेको छ, अनि कसरी देशको विकास हुन्छ।'

नेता भण्डारीले सत्ताको स्वार्थका लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने जिकिर गरे। उनले भने, 'यसअघि केपी ओलीको नेतृत्वमा गठबन्धन भयो, त्यो गठबन्धन तीन वर्षसम्म पनि शान्तिसँग चलेन, त्यो गठबन्धन सत्ता र सिंहदरबारमा केन्द्रित थियो, कांग्रेसले स्थानीय तहमा गठबन्धन गर्‍यो, अब यो गठबन्धन पनि सिंहदरबारमा मात्रै केन्द्रित भयो भने त्यो गठबन्धनको पनि हिजोको अवस्थाजस्तै हुन्छ।' उनले देशका १८ वर्षभन्दा माथिका युवा विदेश पलायन भएको स्मरण गर्दै नेपालको राजनीतिमा ठूलो चुनौती भएको उल्लेख गरे।
    
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता महेश बस्नेतले भ्रष्टचार, मल अभाव, पुस्तक अभाव, महँगीलगायत जनताका समस्याबारे सरकारको ध्यानाकर्षण गराए। जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्लेले आफ्नो पार्टीले सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई समेटेर नयाँ योजना ल्याएको बताए।

प्रकाशित मिति: १८:४२ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्