Kathmandu Press

प्रचण्डको गृह जिल्ला चितवनका ३ वडामा काँग्रेस बिजयी 

काठमाडौं, मंसिर १५ : शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा नेकपा पराजीत भएको छ ।&n....

प्रचण्डको गृह जिल्ला चितवनका ३ वडामा काँग्रेस बिजयी 

काठमाडौं, मंसिर १५ : शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा नेकपा पराजीत भएको छ । 

खैरहनी नगरपालिकाका दुई वटा वडा र भरतपुर महानगरपालिकाको एउटा वडामा प्रतिपक्षी दल नेपाली काँग्रेसले बिजयी प्राप्त गर्‍यो । प्रचण्ड पुत्री रेणु दाहाल मेयर निर्वाचित भएको भरतपुर महानगरपालिका–१६ मा नेपाली काँग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् ।  

हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका हुन् । अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन् । चितवनकै खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काँग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए ।

उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे । यस्तै खैरहनी–५ मा काँग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतान्तरमा पराजित गरिन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: ०६:४९ बजे, आइतबार, मंसिर १५, २०७६