कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्छ : केन्द्रीय सदस्य पौडेल
पाेखरा, भदाै ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्।नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको...
पाेखरा, भदाै ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै काम भए पनि ती विषयलाई जनतामाझ पुर्याउन नसकिएको बताए।
गण्डकी प्रदेशको समग्र विकासको खाकासहित कांग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने उनले बताए। दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा नेता पौडेलले जोड दिए।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समग्र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै यसका लागि नेता तथा कार्यकर्ता सक्रिय बन्नुपर्ने बताए।
कांग्रेस गण्डकी प्रदेशले अवधारणापत्रसहित प्रदेशको समृद्धि र विकासका योजना अघि सारेको बताउँदै ती सङ्कल्पलाई पूरा गर्नका लागि निर्वाचनमा विजयी बन्नुपर्ने उल्लेख गरे। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।












