Kathmandu Press

महानगरले भन्याे- सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन भयाे

काठमाडाैं, भदाै ११ : काठमाडौं, उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन गरिएको छ।दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु...
महानगरले भन्याे- सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन भयाे

काठमाडाैं, भदाै ११ : काठमाडौं, उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन गरिएको छ।

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहाेर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहाेर व्यवस्थापन भइसकेको र यदि कतै फोहाेर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन्।

Hardik ivf

यसअघिको फोहाेर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहाेर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ।

यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहाेरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ। 

केही दिनअघि कामपाका प्रमुख बालेन्द्र साहले फोहाेर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहाेर व्यवस्थापन गर्न दिर्नेशन दिएका थिए। प्रमुख साहको निर्देशनअनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहाेर व्यवस्थापन भएको हो। 

कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहाेर व्यवस्थापन हुन सकेको थिएन।

दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहाेर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहाेर व्यवस्थापन कार्य हुन थालेको हो। 

पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहाेरलाई यही नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहाेर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हन्छ। अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहाेरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्