Kathmandu Press

अर्घाखाँचीको मालारानीमा कांग्रेसले उल्टायो नतिजा 

अर्घाखाँची, मंसिर १५ : अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनालले नतिजा उल्टाउदैं बिजयी प्राप्त गरेका छन् । ....

अर्घाखाँचीको मालारानीमा कांग्रेसले उल्टायो नतिजा 

अर्घाखाँची, मंसिर १५ : अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनालले नतिजा उल्टाउदैं बिजयी प्राप्त गरेका छन् । 

उनले ११ सय ५९ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गरे । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए ।  

विजयी शोभाखर खनाल गएको स्थानीय चुनावमा तत्कालीन एमालेका जीवन चौहानसँग ३६ मतले पराजित भएका थिए । वडाध्यक्ष जीवन चौहानको गत पुसमा दुर्घटनामा परि मृत्यु भएपछि पद खाली भएको हो ।

प्रकाशित मिति: ०६:२८ बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्