Kathmandu Press

मकवानपुर जिल्लामा घरेलु हिंसा अत्यधिक बढ्दै

मकवानपुर, भदाै ११ : मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ।पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको...
मकवानपुर जिल्लामा घरेलु हिंसा अत्यधिक बढ्दै

मकवानपुर, भदाै ११ : मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ।

पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ।

Hardik ivf

आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो। अघिल्लो आवमा दुई सय ८६ वटा उजुरी परेकामा गत आवमा चार सय ३९ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको हो।

अघिल्लो आवमा परेका उजुरीमध्ये एक सय ८६ वटा उजुरीको मिलापत्र गराइएकोे थियो भने ५० वटा मुद्दा अदालतमा गएको थियो।

त्यस्तै गत आर्थिक वर्षमा घरेलु हिंसाका चार सय ३९ वटा उजुरी परेकामा दुई सय ६० वटा उजुरीको मिलापत्र गराइएको ६१ वटा उजुरी अदालतमा मुद्दाका रूपमा गएको  र एक सय १८ वटा उजुरीको छिनोफानो भइरेको छ।

आव २०७८/७९ को साउन महिनामा ३८, भदौमा ४४, असोजमा ३३, कात्तिकमा ३७, मङ्सिरमा ३४, पुसमा ३६, माघमा २४, फागुनमा ३१, चैतमा ३९, वैशाखमा ३६, जेठमा ४५ र असारमा ४२ घरेलु हिंसासम्बन्धी उजुरी परेको र तीमध्ये अधिकांश अधिकारका लागि परेको सो कार्यालयले जनाएको छ। 

विगतमा सामाजिक तथा परिवारिक डर, त्रास र भयका कारण न्यायका लागि महिला प्रहरी र अदालतमा जान डराउँथे तर अहिले चेतना अभिवृद्धि भएसँगै महिला पनि न्यायका लागि नगरपालिकादेखि अदालतसम्म धाउन थालेपछि उजुरीको सङ्ख्या बढ्दै गएको हो।

यस सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा ललितकुमार दासले महिलामाथि हिंसा कतैबाट हुन नहुनेमा जोड दिँदै अधिकार नपाएमा उनीहरुले उजुरी गर्नु स्वाभाविक भएकाे बताए। 

प्रकाशित मिति: १६:१० बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्