नेपाल महिला भलिबलको उपाधि नजिक, स्वर्ण पदकका लागि भारतसँग भिड्ने
काठमाडौं, मंसिर १४ : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको उपाधि नजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित ....
काठमाडौं, मंसिर १४ : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको उपाधि नजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार राति भएको खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
फाइनल प्रवेशसँगै नेपालले महिला भलिबलमा रजत पदक पक्का गरेको छ। अब भारतविरुद्धको फाइनलमा जित निकाल्न सकेन नेपालले स्वर्ण पदक जित्ने छ।
श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो। यस्तै, दोस्रो सेटपनि सहज रूपमा २५-१८ ले जित्यो। आफ्नो अन्तिम तथा तेस्रो सेटमा पनि नेपाल आफ्नो लयलाई कायम राख्न सफल हुँदा खेल २५-२१ ले आफ्नो पक्षमा पारेको थियो।
१३ औं सागको औपचारिकरुपमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन्। तर, उद्घाटन अघि नै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ।
यसअघि भएको पहिलो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनल प्रवेश गरिसकेको छ। समूह चरणको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
फाइनल नेपालका लागि समूह चरणमा ब्यहोरेको हारको भारतसँग बदला लिने अवसर पनि हुनेछ। नेपाल र भारतबीचको फाइनल मंसिर १७ गते हुनेछ।






