Kathmandu Press

एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

बैंकक, भदाै ११ : एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त...
एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

बैंकक, भदाै ११ : एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन्।

थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेखि शुक्रबारसम्म आयोजित स्वास्थ्य र अर्थतन्त्रसम्बन्धी १२औँ एपेक उच्चस्तरीय बैठकमा सहभागीहरूले भविष्यमा हुने महामारीविरुद्ध यस क्षेत्रको लचिलोपनका बारेमा विचार आदानप्रदान गर्नुका साथै समग्र समाजमा गुणस्तरीय वृद्धिलाई बढावा दिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

खोप, निदान र थेराप्युटिक्सजस्ता स्वास्थ्य प्रविधिमा सार्वजनिक र निजी लगानीलाई बढावा दिने बिषयमा छलफल केन्द्रित रहेको सहभागी प्रतिनिधिहरूले बताएका छन्।

उनीहरूले नयाँ प्रबिधिहरूलाई बढावा दिन समावेशी डिजिटल अर्थव्यवस्था सिर्जना गर्न थप प्रयासहरूलाई प्रोत्साहन गर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १४:४९ बजे, शनिबार, भदौ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्