बैतडीमा ९९ वर्षीय वृद्धले गरे मतदान
बैतडी, मंसिर १४ : बैतडीमा पुर्चौडी नगरपालिका– ४ मा शनिबार भएको उपनिर्वाचनमा ९९ वर्षीय वृद्धले मतदान गरेका छन्।
पुर्चौडी नगर....

बैतडी, मंसिर १४ : बैतडीमा पुर्चौडी नगरपालिका– ४ मा शनिबार भएको उपनिर्वाचनमा ९९ वर्षीय वृद्धले मतदान गरेका छन्।
पुर्चौडी नगरपालिका– ४ स्थित महादेव मावि सिबावो मतदानस्थलबाट ९९ वर्षीय बिरुवा धानुकले मतदान गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
धानुकले शनिबार साढे १ बजे मतदान गरेका हुन्। मतदानमा सहभागी वृद्धले आफूले देश विकासको लागि लागि पर्ने उम्मेदवारलाई मतदान गरेको उनले बताए।
यस्तै, सुर्नया गाउँपालिका– १ मा रहेको साविकको गाविस भवन गुर्केली मतदानस्थलबाट ९६ वर्षीय महावीर चन्दले पनि मतदान गरेका छन्। उनले बिहान ११ बजेर ३७ मिनेटमा मतदान गरेका हुन्।
दोगडाकेदार गाउँपालिका– ४ को श्रीकेदार मावि पिपलकोटबाट ९१ वर्षीया पार्वती भट्टले पनि मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।











