Kathmandu Press

आजबाट एसईई ग्रेडवृद्धि परीक्षा

काठमाडौं, भदौ ११ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजबाट शुरु हुँदै छ।राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि ग्रेडवृद्धि परीक्षा सञ्चालन...
आजबाट एसईई ग्रेडवृद्धि परीक्षा

काठमाडौं, भदौ ११ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजबाट शुरु हुँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ।

ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ।

गत साउन ११ गते एसइईको नतिजा सार्वजनिक भएको थियो।

प्रकाशित मिति: ०८:३२ बजे, शनिबार, भदौ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्