Kathmandu Press

चुनावका लागि समानुपातिकतर्फ दल दर्ता शुरु

काठमाडौं, भदौ ११ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया शुरु भएको छ।निर्वाचन आयोगका...
चुनावका लागि समानुपातिकतर्फ दल दर्ता शुरु

काठमाडौं, भदौ ११ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया शुरु भएको छ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार पहिलो दिन प्रतिनिधिसभातर्फ २९ दल भएका छन्। त्यस्तै, प्रदेश १ मा २५, मधेश प्रदेशमा २७ र बागमती प्रदेशमा २६ दल दर्ता भएका छन्।

यसैगरी, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन्। यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ।

आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ।

प्रकाशित मिति: ०६:५१ बजे, शनिबार, भदौ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्