Kathmandu Press

डाेजर लिएर खाेला पसे वडाअध्यक्ष केसी

काठमाडाैं भदाै १० : बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्वर ४ मा वडाअध्यक्ष डाेजर लिएर फिल्डमा उत्रिएका छन।नियम विपरीत नदीका बालुवा उत्खनन गर्दै अाएका तस्करलार्इ...
डाेजर लिएर खाेला पसे वडाअध्यक्ष केसी

काठमाडाैं भदाै १० : बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्वर ४ मा वडाअध्यक्ष डाेजर लिएर फिल्डमा उत्रिएका छन।

नियम विपरीत नदीका बालुवा उत्खनन गर्दै आएका तस्करलाई नियन्त्रणा गर्न वडाअध्यक्ष श्रीराम केसीकाे टाेली फिल्डमा उत्रिएका हुन।

पासिकाेट हुँदै बगेकाे बिष्णुमती खाेलमा बाँध लगाएर बालुवा उत्खखन गरेपछि खाेलाले खेतीयाेग्य जमिनमा क्षति पुर्याएकाे थियाे। उक्त क्षति नियन्त्रणकाे लागि बाँध भत्काउनु अति आवश्यक रहेकाेले डाेजर चलाइएकाे अध्यक्ष केसीले बताए। खाेलामा बाँध लगाएपछि खाेला थुनिएर नजिकैकाे घर भित्र पानी पसेकाे, खाेलाकाे संरचना बिग्रिएकाे र धान बाली बगाएर नष्ट गरेपछि एक्सन लिनु परेकाे उनले बताए।

बाँध भत्काउनकाे लागि नगर प्रहरीसहित वडासदस्यहरू पनि फिल्डमा उत्रिएका थिए।

प्रकाशित मिति: २१:१८ बजे, शुक्रबार, भदौ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्