Kathmandu Press

स्रोत नखुलेको १३ लाखसहित एक जना पक्राउ

सुरूङा, भदाै १० : प्रहरीले स्रोत नखुलेको १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४...
स्रोत नखुलेको १३ लाखसहित एक जना पक्राउ

सुरूङा, भदाै १० : प्रहरीले स्रोत नखुलेको १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन्। विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए। गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ सय नोट, पाँच सय रुपैयाँका नोट आठ सय र एक सय दरका नोट छ सय बरामद भएको बताइएको छ। पक्राउ परेका गणेशलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: २०:५६ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्