Kathmandu Press

१३ औं सागः भारत महिला भलिबलको फाइनलमा

काठमाडौं, मंसिर १४ : भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनल प्रवेश गरेको छ। 

त्रिपुरेश्वर....

१३ औं सागः भारत महिला भलिबलको फाइनलमा

काठमाडौं, मंसिर १४ : भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनल प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको खेलमा भारतले माल्दिभ्सलिाइृ ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

माल्दिभ्सविरुद्ध पूर्णरुपमा हाबी भएको भारत पहिलो सेट २५–१४ , दोस्रो २५–६  र तेस्रो सेट २५–१७ ले जित्दै खेलमा आफ्नो पक्षमा पार्न सफल भयो।

फाइनल पुग्ने अर्को टिमको टुंगो नेपाल र श्रीलंकाबीचको खेलले तय गर्नेछ।

प्रकाशित मिति: १९:१९ बजे, शनिबार, मंसिर १४, २०७६