Kathmandu Press

नवौँ राष्ट्रिय खेलकुद : बैतडीमा छनोट प्रतियोगिता शुरु

बाैतडी, भदाै १० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु भएको छ। छनोट प्रतियोगिताको  जिल्ला समन्वय समिति प्रमुख...
नवौँ राष्ट्रिय खेलकुद : बैतडीमा छनोट प्रतियोगिता शुरु

बाैतडी, भदाै १० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु भएको छ। छनोट प्रतियोगिताको  जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले उद्घाटन गरे।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सबै सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो। यही भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पहिलो दिन आज महिला पुरुष क्रिकेट, टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराँते, तेक्वान्दो (महिला/पुरुष) छनोट सम्पन्न भएको छ।

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन (महिला/पुरुष), उसु फुल कन्टाक्ट, कराँते (महिला/पुरुष) र भदौ १२ गते मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट खेल हुनेछ।

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष) छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ।  

दर्ता फाराम नभरेका खेलाडीलाई छनोट खेलमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिने समेत सूचनामार्फत जनाइएको छ। छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२९ खेलाडीले आवेदन दिएका छन्।
 
जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने तय भएको छ। 

प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, भदौ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्