Kathmandu Press

बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

इस्लामावाद, भदाै १० : पाकिस्तानले बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।प्रधानमन्त्री सेहबाज सरिफले बिहीबार राति ट्वीट गर्दै पाकिस्तानले...
बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

इस्लामावाद, भदाै १० : पाकिस्तानले बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

प्रधानमन्त्री सेहबाज सरिफले बिहीबार राति ट्वीट गर्दै पाकिस्तानले दातृ निकाय, मित्र राष्ट्र र अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग बाढीको विपत्तिको सामना गर्न सहयोगका लागि आग्रह गरेको बताएका हुन।

प्रधानमन्त्री सरिफले शुक्रबार पनि ट्वीट गर्दै भनेका छन, 'जारी वर्षाले देशभर विनाश निम्त्याएको छ।'

क्षतिको अभिलेखीकरण हुन बाँकी भए बर्षा र बाढीको क्षतिलाई यस पहिले सन् २०१० मा पाकिस्तानमा भएको प्राकृत्तिक विपत्तीसँग तुलना गरिएको छ। उनले भने,' पाकिस्तानमा यो बर्षको मौसमी बर्षाका कारण सन् २०१० मा भएको अत्यधिक बर्षा,  बाढी, पहिरो र डुबानले जस्तै अत्यधिक क्षति गरेको छ।'

सबै स्रोत साधन परिचालन गर्ने देशको प्रयासको एक भागको रूपमा, सरीफले इस्लामाबादस्थित राजदूतहरू, उच्चायुक्तहरू र कूटनीतिक क्षेत्रका वरिष्ठ विदेशी अधिकारीहरूलाई भेटेर स्थितिको बारेमा जानकारी गराएकाे छ।
 
'हामी अन्तर्राष्ट्रिय समुदायप्रति बाढीका कारण भएको क्षतिप्रति सहानुभूति, समवेदना र सहयोगको प्रतिबद्धताका लागि आभारी छौं,' प्रधानमन्त्री सरीफले भने

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, भदौ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्