देउवाले मतदातालाई दिए धन्यावाद
काठमाडौं, मसिर १४ : कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार सम्पन्न उपनिर्वाचनमा सरिक भएका सबै मतदातालाई धन्यवाद दिएका छन्। देउवाले मतदान सकिए लगत्तै....
काठमाडौं, मसिर १४ : कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार सम्पन्न उपनिर्वाचनमा सरिक भएका सबै मतदातालाई धन्यवाद दिएका छन्। देउवाले मतदान सकिए लगत्तै विज्ञप्ति जारी गर्दै प्रतिकूल वातावरणमा पनि सक्रिय रूपमा मतदाताहरूले मतदान गरेको भन्दै धन्यवाद दिएका हुन्।
‘निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनेभन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरूपयोग गरियो,’ सभापति देउवाले विज्ञप्तिमा भनेका छन्, ‘प्रतिकूल वातावरणमा मतदानमा सहभागी सबै मतदाताप्रति आभार प्रकट गर्दछौं।’
देउवाले मतपेटिका संकलन र मतगणना कार्यमा सतर्कता अपनाउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन्। देउवाले निर्वाचन आयोग, निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी र पत्रकारहरूलाई पनि धन्यवाद दिएका छन्।






